१३ माघ, काठमाडौ । गैरआवासीय नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघले छिटो संविधान जारी गरी राजनीतिक स्थायित्वको जग बसाल्न दलहरुलाई आग्रह गरेको छ ।
विश्वभरमा रहेका नेपालीहरु स्वदेशमा लगानी गर्न उत्कट चाहाना बोकेर बसीरहेको भन्दै संविधान जारी गर्न संक्रमणकाल अन्त्य गर्न आग्रह गरिएको हो ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले विज्ञप्ति जारी दलहरुको पूर्व प्रतिबद्धता अनुसार माघ ८ मा संविधान जारी नभएकोमा दुःख व्यक्त गरेका छन् ।
अन्तिम समयसम्म पनि संविधान जारी हुन्छ भन्ने विश्वासमा रहेका जनतालाई संविधानसभाभित्र भएका अमर्यादित गतिविधिले थप दुःखी र निराश बनाएको विज्ञप्तिमा उल्लेख छ ।
दलहरुबीचको तिक्तता तत्काल अन्त्य भई छिटोभन्दा छिटो संविधान जारी गर्ने वातावरण निर्माण हुने एनआरएनको विश्वास छ ।
from Online Khabar » प्रवास http://ift.tt/1H4N1oH
via IFTTT
युएई । नेपालको थारू समुदायमा प्रसिद्ध माघी यूएर्इमा रहेका थारू समुदायले पनि महोत्सवको रूपमा मनाएका छन् । थारू समुदायले हरेक माघे संक्रान्तिको दिन माघी मनाउँदै अए पनि यूएर्इमा रहेका थारू समुदायले अाफूहरूको अनुकुलतामा कार्यक्रम गरेका हुन् ।
प्रवासी थारू समाज यूएईले शुक्रबार तेस्रो बार्षिक भेला तथा माघी पर्व विविध सांस्कृतिक कार्यक्रम गरी माघी मनाएका हुन् ।
दुबईको एभरेष्ट होटेलमा मनाइएको उक्त बार्षिक भेला सहितको माघी कार्यक्रममा आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डीआर गुरुङको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा, प्रवासी नेपाली मंच युएई, जनप्रगतिशील मंच यूएई, नेपाली समाज यूएई तथा एनआरएन लगायत, बिभिन्न क्रियाशील जातीय र जिल्ला स्तरीय संस्थाका प्रमुखहरु पनि अतिथिका रुपमा निम्त्याइएका थिए ।
कार्यक्रममा संस्थाकै प्रबक्ता रामप्रसाद महतोले माघी पर्बको विशेषताकोबारेमा बताउदै थारु समुदायले माघीको अवसरमा बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने, यसरी बितेको वर्षको समिक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँस्तरमै बसेर बनाउने चलन रहेको बताए ।
यस दिन हरेकको घरमा मिस्ठान्न भोजनमा सुंगुर, माछा, खिचडी, ढिकरी र कुखुराको मासु पाकेको हुन्छ। वर्षको अन्तिम दिन भएको हुनाले मिठो खाँदै मनोरञ्जन गर्ने चलन छ। यसैदिन घर घरपरिवारमा पनि अघिल्लो बर्षभरी गरेको कामको समीक्षा र आउँने बर्षको लागि सरसल्लाह हुने गर्दछ।
अहिले कमैया, कमलरी राख्ने कार्यलाई सरकारले नै निषेध गरेको जनाउँदै उनले भने थारु जाति भनेको नेपालका भुमिपुत्र हुन, अब थारुहरु माथि उठेको अबस्था छ प्रगतिसिल काममा अग्रसरता लगायत विभिन्न ब्यवसायमा लगानीको पनि अग्रसरता बढेको छ त्यसैले आफूले जानेको सीपलाई आफ्नो देश बिकाशमा खर्चिनु पर्ने भन्दै सबै जात जाति, समुदाय,मिलेर देशको समुन्नत भबिस्यको कल्पना गर्ने हो भने देश, समाज अनि परिवारको सुखद भबिस्यको कल्पना गर्न सकिने बताए।
कार्यक्रममा थारु समाज यूएईलाई स्थापनादेखि नै यहाँसम्म आउन प्रेरणा, हौसल्लाको साथै सल्लाह सुझावसहितको उर्जा प्रदान गरेको भन्दै आदिबासी जनजाती महासंघ युएईका निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाकार, नेपाल मगर संघ युएईका लागी अन्तर्राष्ट्रिय प्रतिनिधि तथा प्रवासी नेपाली मंच यूएईका उपाध्यक्ष गीरमान थापामगरलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। नेत्र थनेतको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन मान महतोले गरेका थिए।
किशोरकुमारको अध्यक्षतामा नयाँ कार्यसमिति
बार्षिक भेलाले आगामी २ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समाजमा किशोरकुमार चौधरीको अध्यक्षतामा १६ सदस्यिय समिति निर्बिरोध चयन गरेको छ । नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा दीपेन्द्रराज थनेत, द्वितीय उपाध्यक्षमा जुगराम थारु, महासचिबमा मानबहादुर महतो, सचिब रुपेश चौधरी, कोषाध्यक्ष वासुदेव चौधरी, सह-कोषाध्यक्ष धर्मराज महतो, प्रबक्ता खेमनारायण महतो चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सपना चौधरी, राखी चौधरी, माहि चौधरी, रुक्मिणी चौधरी, बलबहादुर चौधरी, धर्मराज पावे, भागीराम चौधरी र तुलसी महतो रहेका छन् ।
नेत्रनारायण थनेत संरक्षक रहेको सो संस्थाको प्रमुख सल्लाहकारमा रामप्रसाद महतो र प्रवासी थारु समाज यूएईका नेपाल प्रतिनिधिमा भीमबहादुर महतो छन।
from Online Khabar » प्रवास http://ift.tt/1EEyPhb
via IFTTT
निमुसंगम घर्ती
८ माघ, दाङ । बेलायतमा बस्दै आएका नेपालीहरुले दाङको लक्ष्मीपुर ५ सवारीकोटमा सञ्चालित नमुना मगर ग्रामलाई पौने दुईलाख रुपैयाँ सहयोग गरेका छन् ।
दाङसहित राप्ती र अन्य जिल्लामा घर भई हाल बेलायतमा बस्दै आएका नेपालीहरुले सवारीकोट नमुना मगर ग्रामलाई १ लाख ७४ हजार ७ सय ९ रुपैयाँ सहयोग गरेका हुन् ।
बेलायतका बिभिन्न ठाउँमा बस्दै आएका ५० जना नेपालीहरुले संकलन गरेको उक्त रकम मगर ग्रामको बिकासका लागि सहयोग गरिएको हो । मगर ग्रामका अध्यक्ष कृष्णबहादुर बुढालाई युके मगर संघ खेलकुदका सचिब एवं आर्थिक सहयोग संकलन समितिका संयोजक विष्णु घर्ती मगरले नगद रकम प्रदान गरे ।
सहयोग संकलन समितिका संयोजक घर्तीले नमुना मगर ग्रामले राम्रो काम गर्दै गए थप सहयोग संकलन गरी प्रदान गर्ने बताए ।सवारीकोट पोखरा पछिको प्याराग्लाईडिङको उपयुक्त क्षेत्र मानिन्छ ।
from Online Khabar » प्रवास http://ift.tt/15cvDfW
via IFTTT
६ माघ, अमेरिका । प्रवासी नेपाली मञ्च इल्लिन्नोइज राज्यस्तरीय सम्मेलनले टेकराज पौडेलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न भएको सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा अमर भट्टराई रघु, सचिवमा शिवप्रसाद अधिकारी, कोषाध्यक्षमा सरस्वती मुखिया चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा भविन कार्की, सुनिल कुमार कर्ण, शिव आचार्य, मेघनाथ बस्याल, गोपी भुसाल, राजेन्द्र अधिकारी र घनश्याम भुसाल नियुक्त भएको समाजसेवी समेत रहेका मञ्चका नवनियुक्त अध्यक्ष पौडेलले जानकारी दिए ।
सम्मेलनले सल्लाहकार समितिमा खेम भण्डारी, डा. रामकृष्ण शाह, डा. दीपक कुमार मनरल, पुरुषोत्तम बोहोरा, रमा सिलवाल, मिन दर्लामी र निर्मला भण्डारीलाई चयन गरेको छ ।
सम्मेलनमा प्रवासी नेपाली मञ्चका केन्दि्रय अध्यक्ष सञ्जय थापा, प्रथम उपाध्यक्ष बाला घिमिरे, कोषाध्यक्ष शंकर पन्त, केन्द्रिय सदस्यहरु छबी पाण्डे, कुन्ती थापा लगायतको उपस्थिती रहेको थियो ।
सन्देश पौडेल/सिकागो इल्लिनोइज
from Online Khabar » प्रवास http://ift.tt/1yEr8bO
via IFTTT
अष्ट्रेलिया । नेपालको चर्चित र स्थापित नेपथ्य व्याण्डको अष्ट्रेलिया टुर २०१५ आयोजना हुने भएको छ । यसको आयोजना म्याग्दी सेवा समितिले गर्न लागेको हो ।
समितिको तर्फबाट आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका पदाधिकारीसहित अध्यक्ष हरि राम्जालीले नेपथ्य अष्ट्रेलिया टूरको घोषणा गरे । पहिलो कन्सर्ट पर्थमा अप्रिल ४ तारिखमा आयोजना गरिने र दोस्रो कन्सर्ट अप्रिल ११ तारिख सिड्नीमा हुनेछ ।
यसैगरी २६ तारिखसम्म ब्रिसबेन हुँदै मेलबर्नमा कन्सर्ट गरेपछि यो नेपथ्य अष्ट्रेलिया टूर सम्पन्न हुने कार्यक्रम संयोजक दिपेश पुनले जानकारी दिए । सिड्नीको लुना पार्कमा आयोजना गरिने कन्सर्ट तीन हजार दर्शक क्षमता रहेको बिग टप अडिटोरियम हलमा हुनेछ ।
कार्यक्रमको सुरक्षा र व्यवस्थापनको लागि मात्रै ३० जना सुरक्षाकर्मी खटिनेछन् भने आयोजकको तर्फबाट समेत स्वयंसेवक खटाइनेछ । अन्तर्राष्ट्रियस्तरका गायक, कलाकारहरुले आफ्नो प्रस्तुति दिने यस अडिटोरियममा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागिएको हो ।
अध्यक्ष राम्जालीका अनुसार नेपथ्य यतिबेला आफ्नो नयाँ एल्बमको तयारीमा छन्, यदि रेकर्डिंग सकिएको अवस्थामा सिड्नीमा हुने कन्सर्टकै बेला नेपथ्यले आफ्नो नयाँ एल्बम रिलिज गर्ने तयारी समेत गरेको छ ।
from Online Khabar » प्रवास http://ift.tt/1BrUJ96
via IFTTT
क्वालालम्पुर । प्रवासी मगर संघ मलेसियाको आयोजनामा आईतवार विदाको दिन पारेर क्वालालम्पुरमा माघे सक्रान्ति पर्व मनाईएको छ ।
मलेसियाको विभिन्न क्षेत्रमा कार्यरत मगर समुदायहरुको वाक्लो उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरवहादुर पौडेल र विशेष अतिथि चलचित्र निर्देशक सागर सुव्वा थिए । कार्यक्रममा एनआरएन अध्यक्ष पौडेल, निर्देशक सुव्वा, आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले, तामाङ एकता समाज मलेसियाका उपाध्यक्ष प्रेम तामाङ, तमु समाज मलेसियाका बलवहादुर गुरुङ, किराात याक्थुम चुम्लुङका अध्यक्ष मोहन थेवे, विश्व साहित्य महासंघ मलेसियाका जीवन देवान गाउाले, किराात धर्म तथा साहित्य उत्थान संघ मलेसियाका संरक्षक दिलकुमार केरुङ,मेची-महाकाली युवा समूहका वलराम भट्ट, पत्रकारद्वय देवेद्र खापुङ, नेत्र विमली लगायतले माघे सक्रान्तिबारे प्रकाश पारेका थिए ।
सोहि कार्यक्रममा मगर संघलाई योगदान पुरयाउदै आएकी चेलीहरु सरस्वती राना, सुनिता थापा, प्रतिक्षा राई, शर्मिला राई, सलिना लामा, सिर्जना मगर, साङ डोल्मा शेर्पा र रीना शेर्पालाई सम्मान गरिएको थियो ।
यसैगरी मगर संघको कार्यसमितिमा रहदै संस्थालाई योगदान पुर्याउदै आएका र केही दिन भित्रमा आफनो रोजगारीको अवसर सकेर नेपाल फर्किन लागेका संस्थाका सचिव पुरन रानामगर र सदस्य टेकवहादुर घर्तीलाई समेत विदाई गरिएको थियो ।
सुवर्ण थापा मगरको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन संस्थाका महासचिव राम अस्लामी मगरले गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई सेलरोटी, अचार,तरुल, सखरखण्ड लगायतका खानेकुरा खुवाईएको थियो ।
from Online Khabar » प्रवास http://ift.tt/1ufm4t1
via IFTTT
रामचन्द्र नेपाल
मलेसिया । रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक युवाले आत्महत्याको प्रयास गरेका छन् । सिन्धुली जिल्ला घर भई विगत पाँच महिनादेखि क्वालालम्पुर नजिकै रहेको एक कम्पनीमा कार्यरत २० वर्षका दीपक लामाले आत्महत्याको प्रयास गरेका हुन् । वुधवार साँझको खाना खाई सुतेका लामा रातको करीव तीनवजेतिर उठेेर आफूलाई तनाव भयो भन्दै ब्लेडले वायाँ हातको हत्केलाको जोर्नीमा चिरेका थिए ।
साथीभाईले तत्काल एजेन्टलाई खवर गरी उनलाई स्थानीय सेरडाङ अस्पतालमा पुरयाएका थिए । हाल उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको छ ।
लामाले आफू बिरामी भएकोले चार दिनदेखि काममा नगएको र त्यहीबेला चेकिङ आउने, घरबाट पनि तनाव दिने काम भएपछि आफूले तनावकैवीचमा हात चिरेको बताएका छन् । आफूले धेरै सोचाइमा र तनाबमा परेर गल्ती गरेको र नेपालमा पनि परिवारसँग कुराकानी भैसकेको उनले वताए । हाल उनलाई प्रगतिशील प्रवासी श्रमिक मन्च मलेसिया र मानवअधिकारवादी संस्था तानागानिताको संयुक्त पहलमा उपचार भैरहेको छ ।
निजलाई कम्पनी र संस्थाको तर्फबाट सक्दो सहयोग गरी छिटो भन्दा छिटो नेपाल र्फकने ब्यवस्था मिलाउन थालिएको मन्चका महासचिव प्रेम पाण्डेले जानकारी दिए ।
from Online Khabar » प्रवास http://ift.tt/1x4ZZsL
via IFTTT
दोहा । नयाँ बर्ष २०१५ को अवसरमा दोहामा स्याङ्गजा सम्पर्क मञ्च दोहा, कतारले सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष भेषराज पराजुलीलेको सभापतित्व तथा एनआरएनए आइसीसीका उपाध्यक्ष टीबी कार्कीको प्रमुख आतिथ्यतामा सल्वा रोडस्थित क्वालिटी हाइपर मार्केटमा सांगितिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने तथा गायिका कला पंगेनीले गीतहरु प्रस्तुत गरेका थिए । म त हिँडे पोखरा, मायाँ हिड्यो दाङ्गको बसैमा गीतबाट दर्शकहरु निकै हौसिएका थिए । पुरुषोत्तम न्यौपानेको सरसरर पानी घट्टामा, मिर्मी मुनि पानी थुनेको जस्ता गीतहरुले दर्शकहरुलाई निकै मोहित पारे ।
त्यस्तै गायिका कला पंगेनी निकै आकर्षक डे्रसमा सजिएर जवानीको जोस गाउँदा भने कतारको चिसो मौसमलाई निकै तताउँदै युवाहरुको मन आफूतिर तान्न सफल देखिएकी थिइन् ।
स्थानीय कलाकार धु्रव बीसीको संयोजकत्वमा रहेका कलाकारहरु रमा अर्याल ऋषी पौडेल मोहन शाह, रितकुमार श्रेष्ठ, विष्णु शर्मा, इन्दिरा शाह, हेमन्त लामा, ह्रृदम राई, बामदेब भाट, शिव पौडेल, मधुसुदन डाँगी, इसा घतानी, समीक्षा श्रेष्ठ, कुन्दन क्षेत्री, सुरज बीसी लगायतका कलाकारहरुले आ-आफ्नै प्रस्तुती देखाएका थिए ।
कार्यक्रममा एनआरएनए आइसीसीका गल्फ सहसंयोजक पूर्ण केसी, आइसीसी सदस्य उमेश अधिकारी, एनसीसी प्रमुख सल्लाहकार गुरुनारायण रानाभाट, सल्लाहकार आरके शर्मा, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैह्रे, जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, तनहुँ सम्पर्क मञ्चका अध्यक्ष भीमबहादुर थापा लगायत विभिन्न संघ/सस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
from Online Khabar » प्रवास http://ift.tt/1xkajM8
via IFTTT
२९ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि केन्द्रीय कार्यालय भवन बनाउने भएको छ ।
संघले हालै बालुवाटारमा तीन रोपनी जग्गा खरिद गरेको छ । जग्गा खरिदसँगै एक महिनाभित्र भवन शिलान्यास गर्ने एनआरएनको तयारी छ ।
एनआरएन आईसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझावअनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले सो स्थानमा जग्गा खरिद गरिएको हो ।
जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ । सोबापत एनआरएनले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ ।
‘हाम्रा साथीहरु एक बर्षभन्दा लामो समयदेखि जग्गा खोज्न लागिरहनुभएको थियो, ढिलै भए पनि निकै राम्रो ठाउँमा जग्गा पाइयो,’ अध्यक्ष घलेले भने ।
‘एक महिनाभित्रै हामी शिलन्यास गर्ने तयारीमा छौं,’ अध्यक्ष घलेले भने-‘भवन निर्माणका लागि प्रतिबद्धता जनाइएको रकम उठाउने र थप रकम संकलन गर्ने कार्यलाई पनि तिब्रता दिन्छौं ।’
अध्यक्ष घलेले कार्यभार सम्हालेपछि आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई राखेका थिए । सोहीअनुसार उनको संयोजकत्वमा भवन निर्माण समिति गठन भइ बिश्वका बिभिन्न मुलुक रकम संकलन अभियान संचालन भइरहेका छन् ।
भवन निर्माणका लागि अहिलेसम्म करिव १७ करोडको प्रतिबद्धता आइसकेको छ भने त्यसमध्ये करिव ५ करोड रुपैयाँ एनआरएनको काठमाडौंस्थित खातामा जम्मा भइसकेको छ ।
करिव १५ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काठमाडौंको मुख्य स्थानमै जग्गा पाइएपछि त्यसको लागत बढाउने गरी एनआरएनले भवन निर्माण गर्ने भएको छ ।
हाल गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय नेपाल उद्योग वाणिज्य महासंघको भवनको एउटा कोठाबाट संचालन हुँदै आएको छ ।
from Online Khabar » प्रवास http://ift.tt/1IpoAPY
via IFTTT
२८ पुस, क्वालालम्पुर । मलेसियाको क्वालालम्पुरस्थित नेपाली बहुल बजारमा क्षेत्रमा छापा मार्दा १२० जना नेपाली पक्राउ परेका छन् ।
- पक्राउ परेकाहरु प्रहरीको साथ । तस्वीर : द स्टार अनलाइन
मलेसिया अध्यागमन बिभाग र प्रहरीको संयुक्त टोलीले आइतबार कोताराया बजारमा धरपकड गरेको थियो । सो क्रममा १ हजार १ सय ९८ जना बिदेशीलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।
मलेसियाको द स्टार दैनिकका अनुसार यसरी पक्राउ परेकामध्ये २१५ जना अबैधानिक थिए । तीमध्ये १२० जना नेपाली रहेको र उनीहरुसँग कुनै कागजपत्र नरहेको समाचारमा जनाइएको छ ।
‘पर्याप्त कागजात भएका ९८३ जनालाई साँझ नै रिहा गरिएको छ,’ स्थानीय प्रशासनले भनेको छ ।
सो क्रममा म्यान्मार, बंगलादेश, इण्डानेसिया, फिलिपिन्स लगायतका मुलुकका अबैधानिक आप्रवासी कामदार पक्राउ परेको जनाइएको छ ।
मलेसिया सरकारले दिएको आममाफीको अबसर गत डिसेम्बर ३१ तारिखमा सकिएपछि त्यहाँ धरपकड तिब्र बनाइएको छ ।
नेपाली रेष्टुँरा, पसल र रेमिट्यान्स कम्पनीहरु केन्द्रीत रहेको कोतारायामा हरेक साताजसो छापा मारिएको छ ।
from Online Khabar » प्रवास http://ift.tt/1BXGlls
via IFTTT
२७ पुस, काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले अध्यक्ष शेष घले तथा घलेपत्नी जमुना गुरुङलाई एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने घोषणा गरेकोमा बधाई दिएको छ ।
घले दम्पत्तिको उक्त घोषणाले विश्वभर रहेका गैरआवासीय नेपालीको शीर उच्च बनाएको र गैरआवासीय नेपालीको भातृभूमीप्रतिको आस्था र सम्मानलाई अझ उजागर गरेको शनिवार सम्पन्न आईसीसी बैठकले ठहर गरेको छ ।
शिक्षा र स्वास्थ्य जस्ता प्राथमिक र आधारभूत सुबिधा सवै नेपालीको पहुँचमा पुग्न नसकेको अवस्थामा दुर्गम ग्रामीण बस्तीका विपन्न परिवारलाई सेवा पुर्याउने घले दम्पत्तिको अभियान ऐतिहासिक उपलब्धि भएको वैठकले ठहर गरेको गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का प्रवक्ता मन केसीले जानकारी दिए ।
घले दम्पत्तिको परोपकारी कार्यले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई प्रोत्साहन र हौसला प्रदान गरेको एनआरएन आईसीसीको ठहर छ । अध्यक्ष शेष घले दम्पत्तिले गत बिहीबार आफूले आर्जन गरेको सम्पत्तिबाट एक अर्ब खर्चिने गरी एमआईटी ग्रुप फाउण्डेसन मार्फत एक अर्बको परोपकारी कोष स्थापनाको घोषणा गरेका थिए ।
from Online Khabar » प्रवास http://ift.tt/1xbfL3R
via IFTTT
दोहा । कतार नेपाली एकता समाजले संविधानसभाबाट तोकिएको समयमा संविधान निर्माणका लागि कतारबाटै नेपाली राजनीतिक दलका नेताहरुलाई दबाब दिएका छन् ।
संविधान निर्माणका लागि दवाब दिन उनीहरुले ‘लोकतान्त्रिक संविधान निर्माण र प्रवासी नेपालीहरुको अधिकारको प्रश्न’ विषयक अन्र्तक्रिया कार्यक्रम गरे ।
समाजका अध्यक्ष लुमाकान्त पुनको अध्यक्षता र कतार नेपाली एकता समाजका सदस्य डम्बर कार्कीको सञ्चालनमा भएकाे कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव अर्जुन थापा प्रमुख अतिथि थिए ।
उपाध्यक्ष लक्ष्मीकुमार गुरुङ्गले स्वागत तथा सचिवालय सदस्य हेमन्त वाईवाले कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रष्ट्याएका थिए ।
त्यस्तै नेपाली जनसम्पर्क समितिका विमल सुवेदी, जनसम्पर्क समितिका सन्नी वली, नेपाली प्रवासी मन्चका गणेश परियार (शिवा) एनआरएनएन आइसीसीका मक्सुद आलम, लगायतले राजनीतिक परिस्थितिबारे टिप्पणी गरेका थिए ।
from Online Khabar » प्रवास http://ift.tt/14FwwP4
via IFTTT
अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको चौथो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन जापानमा हुने भएको छ । समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आगामी मोतिजयन्तिको अवसर पारेर गरिने उक्त सम्मेलनका लागि जापानमा पूर्व तयारीहरू सुरु गरिएको समाजका उपाध्यक्ष प्रकाश पौडेल माइलाले बताए । कार्यक्रममा जापानमा रहेका नेपाली साहित्यकारमा अलावा नेपाल, भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानाडा लगायतका देश तथा महादेशीय प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सन् २००९ मा अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चात सन् २०११ मा बेलायत र सन् २०१३ मा अमेरिकाको डिसीमा क्रमश: दोस्रो र तेस्रो सम्मेलन सम्पन्न भइसकेका छन् ।
बिगतका कार्यक्रमहरूबाट बटुलेको अनुभवले आगामी सम्मेलन शिष्ट र विशिष्ट बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी भइरहेको जानकारी दिदै समाजका महासचिव गोवर्धन पूजाले सम्मेलनले नेपाली भाषा र साहित्यका क्षेत्रमा केही ठोस योगदान दिने विश्वास व्यक्त गरे ।
from Online Khabar » प्रवास http://ift.tt/1KuT4lN
via IFTTT
मलेसिया । रेमिट्यान्सको कारोबार गर्दै आएको मलेसियाको आईएमईले बाढीपीडितहरुका लािग आर्थिक सहयोग प्रदान गरेको छ ।
बाढीपीडितहरुको सहयोगार्थ सो कम्पनीको तर्फबाट एक लाख रियाल सहयोग प्रदान गरिएको हो ।
बाढीपीडितहरुको तत्कालको सहयोगको लागि रकम प्रदान गरिएको आईएमईका कार्यकारी निर्देशक हेमराज ढकालले बताए । आईएमइले मलेसिया लगायत विभिन्न मुलुकहरुबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
from Online Khabar » प्रवास http://ift.tt/14yLju4
via IFTTT
हङकङ । नेपाल चेम्बर अफ कमर्स हङकङको सातौ वाषिर्कउत्सव कार्यक्रम हङ्कङ्को लेभल्स सेन्ट्रलमा सम्पन्न भएको छ । वाषिर्क उत्सवका अवसरमा ककटेल स्वागत कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कार्यक्रममा उद्यमी नेटर्कका अध्यक्ष स्टेभेन सी बुक, सम्भावित अध्यक्ष पिटर ए निक्सोन, गणतान्त्रिक मुलुक म्यानमारका वाणिज्यदूत ज्वज्वयी, पाकिस्तानको सह वाणिज्यदूत घुमाफ मेमन, भारतका सामान्य दूत पिजेन्ट अग्रवाल, नेपालका कवि कर्मा गुरुङ्, नेपाली दूत महेश दाहाल लगायतको उपस्थिति थियो ।
नेपाल चेम्बर अफ हङ्कङ्का सह अध्यक्ष कमल प्रसाद पौड्यालको स्वागत मन्तब्य तथा सचिव राजेन्द्रकुमार थापाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष डासुराम पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए ।
from Online Khabar » प्रवास http://ift.tt/1DoFhet
via IFTTT
दोहा । कतारको अल एवल टेडि्रङ्ग एण्ड कन्ट्रयाक्टिङ् कम्पनीमा काम गर्ने दुई नेपालीसहित ६ जनाले उत्कृष्ट कामदारको अवार्ड पाएका छन् ।
कम्पनीमा काम गर्ने ६ सय भन्दा बढी कामदारहरु मध्यबाट ६ जना उत्कृष्ट कामदार छनोट भएको हो । इश्वी सम्बतको नयाँ वर्ष २०१५ को अवसरमा अल एवल टेडि्रङ्ग एण्ड कन्ट्रयाक्टिङ् कम्पनीमा कार्यरत कामदारहरुको साझा संस्था एरोसले आफ्नो वाषिर्कउत्सव तथा नयाँ बर्षको कार्यक्रममा उत्कृष्ट कामदारको अवार्ड प्रदान गरेको हो ।
सो कम्पनीमा भारत, नेपाल, श्रीलङ्का, बंगालादेश, ईजिप्ट, इथोपिया र फिलिपिन्सका कामदार कार्यरत छन् । सबै देशका कामदारलाई पछी पार्दै २ जना नेपाली कामदारले २०१४ सालको सर्वोकृष्ट कामदारको अवार्ड हात पारे । उत्कृष्ट कामदारको रुपमा स्याङ्गजाका लोकबहादुर रानाभाट र तनहुँका मिमलाल थापाले अवार्ड पाएका हुन् । उनीहरुलाई रु ८५/८५ हजार नगद पुरस्कार र सर्वोकृष्ट कामदारको मेडल प्रदान गरिएको छ ।
त्यस्तै विभागीय अवार्ड अन्तरगत एकाउन्टमा कार्यरत स्याङ्गजाका नारायण पराजुली, मार्केटिङमा भारतका मिजियास ईके र सुपरभाईजर मोहम्मद कल्लीभीलप्पीलले अवार्ड पाएका छन् । प्रत्येकलाई रु ५५ हजार नगद पुरस्कार र मेडल प्रदान गरिएको थियो ।
कम्पनीको हरेक काममा सहयोगी भुमिका खेलेको भन्दै ओम प्रसाद सापकोटा, रिफ्की हुसेन र मोहम्मद साहलीले रु २८ हजार बराबरको पुरस्कार पाए । छनोट भएका कामदारहरु मध्यवाट भोटिङ्ग गरी उनीहरुले सर्वोकृष्ट कामदारको छनोट गरिएको थियो । कार्यक्रममा भारतीय दुतावासका कार्यवाहक राजदूत आरके सिंहले विभिन्न समुदायका कामदारलाई एकै ठाउमा देख्न पाएको भन्दै खुसी प्रकट गरे ।
कार्यक्रममा आन्तरिक मन्त्रालयका लेफ्टिनेन्ट रासिद अन्तार अल मारीले कम्पनीका कामदारका लागी आयोजना गरेकोे कार्यक्रमबाट एउटा नौलो अनुभुती मिलेको बताए ।
उनले कतार सरकारले ईद र राष्ट्रिय दिवसको अवसरमा आयोजना गरको कार्यक्रममा कम्पनीका कामदारहरुको सम्वन्यकारी भुमिका रहेको भन्दै कम्पनीका स्पोन्सर साद विन साद आरएच अल सुवेईलाई आन्तरिक मन्त्रालयको तर्फबाट विशेष पुरस्कार प्रदान गरे । कार्यक्रममा आन्तरिक मन्त्रालयका प्रतिनिधि खालिद हुसेन अल समारी र रिच आउट अफिसर फाईसल हुएदीको समेत उपस्थिती रहेको थियो ।
मध्यपुर्वको सानो देश कतारमा नेपाली कामदारको संख्या चार लाख भन्दा बढी रहेको छ । आगामी २०२२ मा विश्व कपको तयारीको संघारमा रहेको कतारले आप्रवासी कामदारलाई रोजगारीको अवसर दिदै आईरहेको छ ।
from Online Khabar » प्रवास http://ift.tt/1AIeeZj
via IFTTT
२२ पुस, मलेसिया । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । झापा विर्तामोड घर पोर्टकेलाङगको मेडिप्रो कम्पनीमा कार्यरत पंकज शाहको मृत्यु भएको हो ।
आइतबार अचानक वेहोस भई ढलेका पंकज साहको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको छ ।
हाल शाहको शवलाई पोसमार्टमकोलागि केलाङ अस्पतालमा लगिएको छ । शाह २ वर्ष अगाडि मात्रै रोजगारीको लागि मलेसिया आएका थिए ।
–रामचन्द्र नेपालबाट
from Online Khabar » प्रवास http://ift.tt/1xxonXQ
via IFTTT
क्वालालम्पुर । मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन् भने एक जना आफ्नै ओछ्यानमा मृत्त भेटिएका छन् । लमजुङ घर भई ‘कानकाई’ कम्पनीमा कन्ट्रयाकमा आई हाल आसई कोसर एसडिएन वीएचडी तामिनजयामा कार्यरत अन्दाजी ३४ वर्षका रामकृष्ण हिमालीले तीन दिनअघि आत्महत्या गरेका हुन् ।
जनरल वर्करको रुपमा नियमित काम गरिरहेका हिमालीलाई केही दिन अगाडि डिउटी चेन्ज गर्ने भन्दै अर्के स्थानमा लगिएको थियो । एक हप्ता पछाडि उनी पुनः सोही कम्पनीमा काम गर्ने भन्दै फिर्ता आएका थिए ।
एक हप्ता पछाडि आउदाउनको एकोहोरो हुने स्वभाव देखिएको सोही कम्पनीमा कार्यरत जंगवहादुर वुढामगरले जानकारी गराएका छन् । उनी ९ महिना अगाडि मात्रै आरआर मेनपावरवाट मलेसिया आएका थिए । हिमालीको शवलाई पोस्मार्टमको लागि प्रहरीले स्थानीय अस्पतालमा लगेको छ ।
सन्जीवको आफ्नै निवासमा निधन
मलेसियाको जोहोरबारुको एक इलेक्ट्रोनिक कम्पनीमा काम गरिरहेका खोटाङका सञ्जीव राई सुतेको सुत्यै भएका छन । १० महिनाअघि मलेसिया आएका खार्मी वडा नं ५ का २० वर्षका सञ्जीव राईको विहान आफ्नै ओछ्यानमा मृत भेटिएका हुन् ।
बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही कम्पनीमा कार्यरत नेपालीहरुले बताएका छन् । राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । मलेसियाको जोहरबारुस्थित इलेक्ट्रोनिक कम्पनीमा कार्यरत राई काठमाडौँको मोडेल इन्टरप्राइजेज कम्पनीबाट गत चैतमा मलेसिया आएका थिए ।
from Online Khabar » प्रवास http://ift.tt/1rNjQ2C
via IFTTT
१ पुस, कतार । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका रौतहटका गोविन्द पहरीको कतारमा मृत्युको खबरले आमा गंगामाया पहरी बेहोस भएकी छिन ।
छोराको मृत्युको खबले बेहोस भएपछि आमा गंगामायालाइै हस्पिटल भर्ना गर्नु परेको थियो । सुन्दर सपना बोकेर वैदेशिक रोजगारका लागि १ वर्षअघि कतार गएका पहरीको हृदयघात भएर मृत्यु भएको कम्पनिले जनाएको छ ।
कतारको अरावियन मेन कम्पनिमा काम गर्ने गोविन्दको गत मंगलवार मृत्यु भएको उनका साथी शिखर पहरीले जानकारी दिए । शिखरका अनुसार रौतहट चन्द्रपुर नगर पालिका २ मिलनचोकका गोविन्द सामान्य परिवारका हुन् ।
शिखरका अनुसार यो हप्ताभित्र स्व गोविन्दको मृत शरिर नेपाल पठाउने जानकारी दिए ।
from Online Khabar » प्रवास http://ift.tt/1ydMr3d
via IFTTT
१७ पुस, म्याग्दी । धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपाली विगत ५७ दिनदेखि मलेसियामा अलपत्र परेका छन् ।
म्याग्दीको बेनी नगरपालिका-३ ज्यामरुककोट बिमिराबोटका राजन थापा, भकिम्ली-२ का मानबहादुर सार्की, सोही ठाउँकै रामबहादुर जिसी, बागलुङ गल्कोट हरिचौरका सुमन निउरेसहित ४० जना नेपाली काम नपाएर मलेसियाको दामनसरा भन्ने ठाउँमा अलपत्र परेका हुन् ।
५७ दिनदेखि भोकै बस्नु परेको मलेसियाबाट टेलिफोनमार्फत राजन थापाले जानकारी दिए । थापाले आफूहरुको अवस्था अत्यन्त नाजुक रहेको र उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरे ।
‘हामी करिब दुई महिनादेखि अर्काको देशमा काम नपाएर अलपत्र परेका छौँ, साथमा पैसा नहुँदा भोकभोकै बस्नुपरेको छ, हामी आएको मेनपावर कम्पन्ाीमा खबर गर्दा कुनै प्रतिक्रिया दिँदैन, अब हामीले के गर्ने ?’ थापाले भने ।
उनीहरु गत कात्तिक १९ गते काठमाडौं सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका हुन् ।
सामाखुसीस्थित डोसलिङ म्यानपावर कम्पनीका एजेन्ट लोकबहादुर थापामार्फत मलेसियाको दामनसरास्थित भिपेर फोर्स कम्पनीमा पुगेका उनीहरुलाई कम्पनीले काम नदिएको उनीहरुको गुनासो छ । रासस
from Online Khabar » प्रवास http://ift.tt/1yadXP7
via IFTTT
